दफा १८
चजष्णपत्र र व्याज भुक्तानी पुर्जाको प्रतिलिपि दिने
कुनै क्रष्णपत्रको धनीले सो क्रणपत्र वा सोको व्याज भुक्तानी पुर्जा वा दुवै हराएको, चोरिएको वा नष्ट भएको वा अक्षर मेटिई अस्पष्ट भएको वा च्यातिएको भनी उपयुक्त आधार वा प्रमाण सहित कार्यालयमा निवेदन दिएमा र उक्त निवेदनको व्यहोरा मनासिब देखेमा कार्यालयले तोकिएको दस्तुर लिई निवेदकलाई निजको माग बमोजिम त्यस्तो क्रणपत्र वा व्याज भुक्तानी पुर्जाको प्रतिलिपि दिनु पर्नेछ।